बर्दियामा सबैभन्दा बढी वर्षा
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बर्दियामा सबैभन्दा बढी वर्षा भएको छ ।
बर्दिमामा आइतबार दिउँसोसम्म दुई सय २२ मिलिलिटर वर्षा भएको छ । यसैगरी, पश्चिमतर्फ कर्णाली, सुदूरपश्चिम प्रदेश लगायत तराइ क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आइतबार रातिसम्म वर्षा हुने सम्भावना रहेका कारण उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मौसमविद् शान्ति कँडेलका अनुसार देशभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा भारी वर्षा भएको उनले बताइन् ।
२३ असार २०८१, आइतवार १७:५७ बजे प्रकाशित













