डोटीको जोरायल चन्कट्टेमा एक घर र पसलमा आगलागी
डोटी । डोटीको जोरायल गाउँपालिका –३ चन्कट्टेमा मंगलबार विहान एक घर र एक पसलमा आगलागी भएको छ ।
मंगलबार विहानै १ बजेको समयमा स्थानीय प्रशाद रावलको होटेलसंगै रहेको घर र छेउको कपडा सिलाउने पसलमा आगलागी भएको हो ।
आगलागीबाट अनुमानित सात लाख रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने जोरायल गाउँपालिका ३ का वडाध्यक्ष ओझाले बताए ।
ईलाका प्रहरी कार्यालय जोरायलको प्रहरी टोली तथा स्थानीयको सहयोगमा तीन घण्टापछि बिहान ४ बजे मात्रै आगो नियन्त्रणमा लिएका छन् ।
२९ जेठ २०८१, मंगलवार ०९:११ बजे प्रकाशित