सुनको मूल्य एक लाख ४० हजार नाघ्यो, चाँदीको घट्यो

काठमाडौँ, जेठ १७ । नेपाली बजारमा आज सुनको मूल्य एकै दिन दुई हजार तीन सयले वृद्धि भएको छ ।
बुधबार प्रतितोला रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ ।
तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।
आज चाँदीको मूल्य भने तोलामा रु ३० रुपैयाँ घट्दै एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

१७ जेठ २०८१, बिहीवार ११:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु