punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डलर साट्ने प्रलोभनमा कागजका टुक्रा दिएर १८ लाख रुपैयाँ ठगी, तीन जना पक्राउ

Chaupati
safha napa

सिन्धुली । डलर साट्ने प्रलोभन देखाई नगद १८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बाह्रबिसे नगरपालिका–३ बस्ने २४ वर्षीय श्याम तामाङ समेत तीन जनालाई ठगी गरेको रकमसहित आइतबार साँझ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु गोलन्जोर गाउँपालिका–७ लौकुनमा इलामका ४४ वर्षीय पुरूषलाई डलर साट्ने प्रलोभन देखाई पीडितको १८ लाख रूपैयाँ ठगी गरी २० रूपैयाँका नोटहरू तथा सादा कागजका टुक्राहरु दिई फरार भएका थिए ।

घटनाको सूचानाको आधारमा इलाका प्रहरी कार्यालय खुर्कोट र अस्थायी प्रहरी पोष्ट हैवारबेसीबाट खटिएको प्रहरीले उनीहरूलाई ठगी गरेको रकम १८ लाख रूपैयाँ, नेपाली रूपैयाँ २० दरको ६९ थान, अमेरिकी डलर १ दरको २ सय ३७ थान र उनीहरूले प्रयोग गरेको २ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो ।

हाल फरार रहेका अन्य एक जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


१४ जेठ २०८१, सोमवार १७:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु