punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकाली नदीमा सेनाको विपद् तथा उद्धारसम्बन्धी नमुना अभ्यास

Chaupati
safha napa

महेन्द्रनगर । नेपाली सेनाले आज कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी नमुना अभ्यास गरेको छ ।

मनसुन नजिकिँदै जाँदा नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले महाकाली नदीमा विपत्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी नमुना अभ्यास स्थानीयमाँझ प्रस्तुत गरेको हो ।

श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङ्ग ठकुरीले बाढीपहिरो लगायत विपद्का बेला सेनाद्वारा गरिने उद्धार एवं क्षति न्यूनीकरणबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले नमुना अभ्यास गरिएको बताउनुभयो । उहाँले विप्दमा उद्धार गर्नका लागि सेनाको प्राविधिक टोली आवश्यक उपकरणसहित जहिल्यै तयारी अवस्थामा रहने गरेको बताउनुभयो ।

त्यस अवसरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपद्बाट जोगिन नदी तटीय क्षेत्रका नागरिकलाई सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो ।“ विपद्सँगै चर्को गर्मीका बेला चल्ने लू बाट पनि बच्न सबैले सजगता अप्नाउन पर्छ ।” उहाँले भन्नुभयो, “विप्दका सुरक्षा निकाय र स्थानीय प्रशासनसम्म सूचना प्रवाह पनि महत्वपूर्ण विषय हुन्छ ।”

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले जोखिम मोलेर बर्षातका बेला महाकाली नदीमा दाउरा सङ्कलन गर्न नहुनेमा जोड दिनुभयो । “ज्यानलाई नै जोखिममा राखेर उर्लिएको महाकालीमा हामफाल्ने प्रवृति राम्रो होइन”, उहाँले भन्नुभयो, “मृत्युभन्दा दाउरा विकल्प हुनसक्दैन ।”

सो क्रममा सेनाले पानीमा फसेकाको उद्धार एवं प्राथमिक उपचार गर्ने विषयमा नमुना अभ्यास देखाएको थियो । सेनाको उक्त नमुना अभ्यासमा रेडक्रस सोसाइटी, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ लगायतका गैरसरकारी संस्थाको पनि सहकार्य रहेको थियो । सेनाले यहाँ विगतमा पनि विप्द व्यवस्थापनसम्बन्धी सुरक्षा निकायहरुसित संयुक्त र एकल रुपमा पनि अभ्यास गर्दै आएको छ ।

नमुना अभ्यास कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, रुद्रध्वज गणका गणपति प्रमुख सेनानी दीपक खड्का, श्री नं. २५ बाहिनी अड्डाका प्रमुख सेनानी आदित्य सिल्वाल, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी नायब उपरीक्षकद्धय नवीन चन्द, रामेश्वरी श्रेष्ठलगायत जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।


१४ जेठ २०८१, सोमवार १४:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु