धनगढीको बुद्धचोकबाट ब्राउन सुगरसहित एक जना पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय नविन चौधरीलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट २ ग्राम ५ सय २० मिलिग्राम ब्राउन सुगर र २५ हजार नेपाली रूपैयाँ र १० हजार भारतीय रूपैयाँ बरामद गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


१३ जेठ २०८१, आइतवार १५:४१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु