punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंमा खुकुरी प्रहार गरि फरार रहेका सुदूरपश्चिमका ९ जना पक्राउ

Chaupati
safha napa

काठमाडौं । कीर्तिपुर नगरपालिका–१० नयाँबजारस्थित दुई समूहबीच झडप हुँदा धारिलो हतियार खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न ठाउँमा डेरा गरी बस्ने अछाम घर भएका २७ वर्षीय मोहन खड्‌का, २१ वर्षीय धुर्वबहादुर बिष्ट तथा २३ वर्षीय नविन भन्ने नृप भण्डारी, बझाङ घर भएका २० वर्षीय उपेन्द्र सिंह, २१ वर्षीय सुनिल रोकाया तथा २१ वर्षीय सुदिप गिरी, बैतडी घर भएका २७ वर्षीय जयन्त धानुक, कैलाली घर भएका २० वर्षीय तेज थापा तथा २२ वर्षीय तपेन्द्र खाती रहेका छन् ।

कीर्तिपुर नयाँबजारस्थित तपेन्द्रराज खाती र धनेश्वर खड्‌कासँगको पुरानो रिसिवी साध्ने क्रममा बुधबार बेलुकी दुई समूहबीच झडप हुँदा काठमाडौं कीर्तिपुर नगरपालिका–१० चिड्डुबिहार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई तपेन्द्रराज खाती समेतको समूहले खुकुरी प्रहार गरेको उजुरी परेको थियो ।

उजुरीपछि प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ थान खुकुरीसहित पक्राउ गरेको हो

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको छ ।


४ जेठ २०८१, शुक्रवार १८:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु