सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि अधिवेशन अन्त्य गरेका हुन् ।
बिहीबार प्रदेश सभाबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका थिए । उनले कांग्रेस, नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी पक्ष र राप्रपाको बहिष्कारका बीच विश्वासको मत लिएका थिए ।
सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए । तर दलहरूबीच सहमति नभएपछि आजको बैठक नबसी अधिवेशन अन्त्य भएको हो ।
४ जेठ २०८१, शुक्रवार १५:२७ बजे प्रकाशित































