सन्दीप लामिछानेको मुद्दाको बहस सकियो, फैसलाको तयारी
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको बहस सकिएको छ ।
उच्च अदालत पाटनमा मंगलबारदेखि सुरु भएको बहस बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो ।
मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै’ राखिएको थियो ।
बहस सकिएपछि न्यायाधीशहरू फैसलाको तयारीमा लागेका छन् ।
२ जेठ २०८१, बुधवार १६:३७ बजे प्रकाशित