चुरे गाउँपालिका अध्यक्ष बोगटीले दिए पार्टीको जिल्ला कमिटीबाट राजीनामा (राजीनामा पत्रसहित)

धनगढी । कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले नेकपा (एमाले) कैलालीको जिल्ला कमिटी सदस्यबाट राजीनामा दिएका छन् ।

एमालेको गत फागुनमा सम्पन्न अधिवेशनमा डेजी पाण्डेको प्यानलबाट जिल्ला कमिटी सदस्य पदमा निर्वाचित भएका बोगटीले आइतार उक्त पदबाट राजीनामा दिएका हुन् ।

पार्टीको जिल्ला कमिटीमा गुटबन्दी बढी हुँदा आफुले पदबाट राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् । यही अवस्थामा एमाले कैलाली अघि बढ्न नसक्ने भन्दै जिल्ला कमिटी सदस्यबाट राजीनामा दिएको उनले बताएका छन् ।

 


३० वैशाख २०८१, आइतवार १८:२९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु