वैवाहिक करणीको आरोपमा हिरासतमा पुगे गायक रवि ओड

धनगढी । श्रीमतीले वैवाहिक करणी आरोपमा आपूmविरुद्ध मुद्दा परेपछि गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

उनी इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए । डीएसपी जोशीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध वैवाहिक करणी र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले चैत २० गते उजुरी दिएकी थिइन् । सोही दिन कञ्चनपुर जिल्ला अदालतले ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

२०७३ सालमा इन्गेजमेन्ट गरेपनि २०७५ सालमा नेपाल आइडल सिजन–२ को विजेता बनेपछि रबिले बिहेको आश्वासन दिँदै आएपनि आनाकानी गरिरहेका थिए । रविले इन्जेगमेन्ट गरेकी ती युवतीसँग विवाह गर्न आनाकानी गरेपछि उनी डेढ वर्षअघि रविको घर पुगेकी थिइन् । त्यसपछि उनीहरू लिभिङ टुगेदरमा बस्न थालेका थिए ।

डेढ वर्ष लिभिङ टुगेदरमा बस्दासमेत रविले विवाह नगरी अनेक बहानामा हातपात गर्न थालेपछि ती युवती चैत १३ गते इलाका प्रहरी कार्यालय गुलरिया पुगेकी थिइन् । त्यसको भोलिपल्टै रविले उनीसँग कानूनी रूपमा विवाह गरेका थिए ।

विवाह गरेको एक सातापछि चैत २१ गते आफूमाथि जबरजस्ती करणी गरेको आरोपमा लगाउँदै ओडकी श्रीमती वैवाहिक करणीको मुद्दा दर्ता गराएकी हुन् ।


३० वैशाख २०८१, आइतवार १२:२८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु