साताको पहिलो दिन बढ्यो सुनको मूल्य, चाँदीको घट्यो
धनगढी । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।
सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन गत शुक्रबार प्रतितोला एक लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
३० वैशाख २०८१, आइतवार १०:५४ बजे प्रकाशित













