सुनको मूल्य आज ह्वात्तै बढ्यो, कति पुग्यो तोलाको ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुन आज तोलामा दुई हजार तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढ्दै प्रतितोला एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२८ वैशाख २०८१, शुक्रवार १०:४४ बजे प्रकाशित













