भैसेपाटीको मन्त्री क्वार्टरमा आगलागी
सेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो ।
त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ । आगो नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।
३ पुस २०८०, मंगलवार १३:५२ बजे प्रकाशित













