धनगढीमा जारी सुदुरपश्चिम महोत्सवमा शनिबार अत्यधिक भिड
Exif_JPEG_420
धनगढीमा जारी सुदुरपश्चिम महोत्सव शनिबार हाउस फुल भएको छ । महोत्सवमा दर्शक को उपस्तिथि अहिलेसम्म कै बढी थियो ।
महोत्सव स्थल को चौर दर्शकले भरिभराउ बनेको थियो । थारु गाउँ प्रदर्शनी, किनमेल बजार , रमाइलो मेला लगाएत का सबै ठाउँ दर्शकले भरिएको थियो ।
महोत्सवमा नायक पल शाह को क्रेज पनि अत्यधिक थियो । उनका फ्यानहरु पनि महोत्सवमा अधिक सहभागी थिए । पलले पनि महोत्सवमा दर्शकलाई आफ्नो नृत्य मार्फत मनोरंजन दिए ।
महोत्सव २२ गतेबाट शुरु भएको थियो । कैलाली उधोग बाणिज्य संघले हरेक बर्ष महोत्सव गर्दै आएको छ ।
३० मंसिर २०८०, शनिवार १८:३९ बजे प्रकाशित













