आजदेखि एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’, ओलीले झुलाघाटबाट उद्घाटन गरे

कैलाली । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु भएको छ । वैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले झन्डा फहराएर अभियानको आज बिहान उद्घाटन गरेका हुन् ।

एमाले पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रामा निस्किएको हो । एमालेले लोकमार्ग केन्द्रित अभियानलाई ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ नारा दिएको छ ।

एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा जनताको गुनासो सुन्ने एमालेले जनाएको छ ।

पहिलो दिन(आज)को सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ । यात्रालाई निरन्तरता दिँदै पुस २ गते काठमाडौं फर्कने बताइएको छ । पुस ५ गते यात्रा समापनसहित आफ्ना दृष्टिकोण सार्वजनिक गरिने महासचिव शंकर पोखरेलले जानकारी दिए ।

यात्राका क्रममा लोकमार्गलाई फास्टट्रयाकका रुपमा अघि बढाउने सम्भावनाको खोजी गरिने उनले बताए । यात्रामा भविष्यमा व्यवसायिक विषयको खोजी र भ्रमको निवारण गरिने जानकारी दिए ।

 


१४ मंसिर २०८०, बिहीवार ०९:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु