धनगढी डिपोमा पेट्रोलियम पदार्थको मौज्दात,व्यवसायीको कृत्रिम अभाव सिर्जनाले समस्या
नेपाल आयल निगम,धनगढी डिपोमा पेट्रोलियम पदार्थको मौज्दात रहेपनी व्यवसायीहरुले कृत्रिम अभाव सिर्जना गरेको पाइएको छ।
धनगढीस्थित डिपोमा पेट्रोलियम पदार्थको मौज्दात भएपनि व्यवसायीहरुले नउठाएर पम्पहरुमा ताला लगाउँदै कृत्रिम अभाव सिर्जना गरेको ट्याङ्कर व्यवसायी संघका सुदूरपश्चिमका अध्यक्ष मनिराम पाण्डेयले बताए । पेट्रोलियम पदार्थको मौज्दात पर्याप्त भएपनि व्यवसायीहरुले उठाउन नमान्दा उपभोक्तालाई वितरण गर्न नसकिएको उनको भनाई छ।
डिपोमा पेट्रोल डिजेलको अभाव छैन् उनले भने, हरेक दिन भारतबाट धनगढीमा इन्धन आइरहेकाले आयात नभएर अभाव नभएको हो।उनले भने,पेट्रोल पम्प व्यवसायीहरुले आयल निगमको धनगढी डिपोबाट पेट्रोल र डिजेल खरिद नगर्दा तिहारदेखि बजारमा पेट्रोल डिजेलको अभाव होला। पाण्डेयले भारतबाट दैनिकजसो पेट्रोल र डिजल आइरहेको भएपनि मूल्य घट्ने कारण देखाउदै व्यवसायीहरुले उठाउन नमानेको उनले बताए । पाण्डेले हरेक दिन भारतबाट पेट्रोल र डिजेलको ढुवानी भइरहेको बताए। ‘बिचमा छुट्टी भयो। तेल घट्छ भनेर डिलरहरूले उठाइदिएन
आज १३ गाडी पेट्रोल आउँदैछ। बिलिङ भइसक्यो, १३ गाडी पेट्रोल र १९ गाडी डिजेलको,’ उनले भने, ‘पहिला पनि १३ गाडी स्टकमा थियो। तेल घट्छ भनेर डिलरहरूले तेल उठाइदिएनन्।’उनका अनुसार व्यवसायीहरुले पेट्रोलियम पदार्थ उठाउन नमान्दा तिहारका बेलाको ८४ ट्याङकर इन्धन डिपोमै थन्कीएको थियो। तिहारदेखि अहिलेसम्म पम्पहरुले भने अभाव देखाउदै ताला लगाएका छन् ।तिहारका बेला डिलरहरुले उठाउन नमान्दा लोड गरेर राखेका ट्याङ्करहरू ७ दिनसम्म आयल निगम धनगढी डिपोमा थन्किएका थिए।
१५/१५ दिनमा भारतमा मूल्य परिवर्तन हुने भएकाले त्यही भएर तिनीहरूले नउठाएको हुन सक्ने बताइएको छ । तर पेट्रोलियम डिलर्स एसोसिएसन सुदूरपश्चिमले भने डिलरका कारण बजारमा इन्धन अभाव नभएको दाबी गरेको छ। चाडपर्वका बेला बैँकहरू बन्द हुँदा इन्धनको मूल्य तिर्न नसक्दा समस्या भएको दाबी एशोसिएसनले गर्दै आएको छ । तर व्यवसायीहरुले कृत्रिम अभाव सिर्जना गरेपछि आम उपभोक्ता भने मर्कामा परेका छन् ।उनीहरुले उपभोक्ताले पेट्रोल खरिद गर्न नसकेको गुनासो गरेका छन्।
४ मंसिर २०८०, सोमवार ०९:२१ बजे प्रकाशित