आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ — संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ ।

राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापार विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नेछन् ।

 


१६ कात्तिक २०८०, बिहीवार ०९:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु