punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको स्वास्तिक अस्पतालमा पत्थरीको अप्रेसनमा किड्नी झिक्दा बिरामीको मुत्यु

Chaupati
safha napa

धनगढीस्थित स्वास्तिक अस्पतालले पत्थरीको अप्रेसन गर्दा किड्नी झिकेपछि बिरामीको मृत्यु भएको छ । उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो ।

चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार दुबै किड्नीमा पत्थरीले गर्दा समस्या आएपछि भदौ ९ गते शनिबार उनलाई बिहान अस्पताल भर्ना गरिएको थियो । उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरी थिए भने दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी थियो ।

मृतकका भतिजा राजकुमारले भने, ‘सबै परीक्षणपछि सवा १ बजे अप्रेसनका लागि अप्रेसन थेटर लगियो । सुरुमा अप्रेसन सफल भयो भनियो । हामीमा खुशीको सीमा थिएन । तर जब साँझ ७ बज्यो बिरामी बेहोस भए । उनको पेट पुरै फुल्यो । बुझ्दा किड्नीको नशा काटिएर रक्तश्राव भएछ । पछि पुनः डाक्टरले अप्रेसन गरेर किड्नी नै झिकिदिए । बिरामीको अवस्था झन बिग्रियो । त्यसपछि डाक्टरले अब सकिँदैन भनेर निस्किए ।’

मृतकका भतिजा राजकुमार भन्छन्  ‘डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको हो सत्य तथ्य छानविन गरी डाक्टरलाई हदैसम्मको कारवाही हुनुपर्छ ।’

यस बिषय बुझ्न अस्पतालका अध्यक्ष महेशराज जोशीलाई सम्पर्क गर्दा उनको फोन उठेन ।


११ भदौ २०८०, सोमवार ११:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु