punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा भदौ ७ र ८ गते सार्वजनिक बिदा

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

योसँगै दुई दिन प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्था लगायतका बन्द रहनेछन् । गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठुलो र महत्वपूर्ण पर्व हो । गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ । यसलाई बिरुँडा राखेको भन्ने गरिन्छ। यो पर्वमा विशेष गरी गौरीदेवी र भगवान शिवशङ्करको उपासना गरिन्छ ।

पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागी निराहार व्रत बस्ने गर्दछन्। उनीहरूले पाँच प्रकारका वनस्पति जोडेर गौरीदेवीको प्रतिमा बनाएर अष्टमीका दिन गौरा घर वा गौरा मन्दिर भित्राएर पूजा अर्चना गरी सेलाउने प्रचलन रहेको छ।

त्यसै दिन विरुडालाई गौरादेवीको प्रसादका रूपमा बाडेर खाने गरिन्छ। गौरा पर्वमा दैवी गाथा गाउने गरिन्छ भने देउडा खेलेर मनोरञ्जन गर्ने सामाजिक परम्परा रहेको छ ।गौरा पर्वका अवसरमा कतिपय ठाउँमा मेला समेत लाग्ने गर्दछ । पछिल्ला वर्षमा गौरा पर्वका दिन सुदूरपश्चिमवासीले काठमाडौँको खुलामञ्चमा औपचारिक रूपमा गौरा पर्व मनाउँदै आएका छन्।


६ भदौ २०८०, बुधवार २०:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु