punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीमदत्त राजमार्गको विकल्प दैजी–जोगबुढा, यस्तो छ कार्यान्वयनको योजना

Chaupati
safha napa

कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढा हुँदै मेलौली जोड्ने सडकको लम्बाई ८२ किलोमिटर छ। दैजी बजारदेखि चुरेसम्मको १६ किलोमिटर सडक कालोपत्रेका लागि पूर्वाधार कार्यालय कञ्चनपुरले ठेक्का सम्झौता गरेको छ। दैजीदेखि लिपनासम्म १७ किलोमिटर लम्बाई रहे पनि एक किलोमिटर सडक कालोपत्रको ठेक्का भएको छैन। २१ करोडमा १६ किलोमिटर मात्र सडक कालोपत्रेको ठेक्का गरिएको हो। तर, सडक कालोपत्रको काम पूरा नहुँदै पानीले बगाएको छ।

वेदकोट ताल क्षेत्रको सडकको कालोपत्रे वर्षातको पानीले बगाएको छ। प्रदेश सरकारले दैजी क्षेत्रको सडकको चौडाइसमेत बढाउने योजना बनाएको छ। सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग दैजी–जोगबुढा सडक वैकल्पिक सडकको रुपमा विकास गर्ने सहमति भएको बताए। उनले भने, ‘भीमदत्त राजमार्ग सुदूरपश्चिमको लाइफलाइन हो।

भीमदत्त राजमार्गको बुढीतोला–भारव क्षेत्रमा पहिरो गएको छ। अहिलेसम्म पनि यातायात राम्रोसँग सञ्चालन भएको छैन। भीमदत्त राजमार्गको विकल्प भएन। संघीय मन्त्री हामीबिच बैठक भएको छ। सडकहरु धेरै छन। तर, आउदो बर्खामा दैजी–जोगबुढा सडकलाई विकल्पको रुपमा प्रयोग गर्ने सहमति भएको छ।’ अगामी बर्खासम्म दैजी–जोगबुढा सडक भीमदत्त राजमार्गको विकल्पको रुपमा प्रयोग गर्ने सहमति भएको उनले बताए।

अत्तरिया–डडेल्धुरा–बैतडीको लम्बाई झण्डै तीन सय किलोमिटर छ। डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलाका नागरिकको छोटो दूरीको सडक यातायातका लागि दैजी–जोगबुढा सडक २०३६ सालबाट निर्माण थालिएको हो। तर, निर्माण सुरु भएको ४४ वर्षसम्म ८२ किलोमिटर सडक कालोपत्र भएको छैन। संघीयता अगाडि कालोपत्रका लागि ठेक्का सम्झौता भएको कामसमेत पूरा भएका छैनन।


६ भदौ २०८०, बुधवार १५:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु