punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा आफ्नै क्वाटर अगाडी कुर्सीमा बसेको अबस्थामा कृषि शाखा प्रमुख मृत फेला

Chaupati
safha napa

बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख मृत अवस्थामा फेला परेका छन् । कृषि शाखा प्रमुख ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा मृत फेला परेको नगरपालिकाले जनाएको छ ।

उनी क्वाटर अगाडी कुर्चीमा बसी रहेको अवस्थामा मृत भेटिएका इलाका प्रहरी चौकी कोल्टिले जनाएको छ । बुढिनन्दा नगरपालिका वडा नम्बर ७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिक तर्फ स्थायी कर्मचारी हुन् ।

लामो समय देखी रक्तचापको बिरामीबाट ग्रसित दानी बेला बेला अस्वस्थ भइराख्ने गरेका आफन्तले जनाएका छन् ।


२ साउन २०८०, मंगलवार १५:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु