महिला इमर्जिङ टिम्स कपमा नेपालले आज भारतसँग खेल्दै

हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ए सँग खेल्दैछ ।

समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान-ए सँग प्रतिस्पर्धातम्क खेलमा ९ रनले पराजित भएको थियो ।

नेपाल पहिलो जितको खोजीमा छ । तर, पहिलो खेलमा घरेलु टोली हङकङलाई सहजै ९ विकेटले पराजित गरेको भारत बलियो टोली हो ।

यू(१९ विश्वकप विजेता स्वेता सेरावतको कप्तानीमा रहेको भारत- ए मा युवा खेलाडीहरुको बाहुल्य छ ।

नेपाल र भारत(ए बीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मोङ्ग कोस्थित मिसन रोड ग्राउण्डमा सुरु हुनेछ ।


३२ जेठ २०८०, बिहीवार ०९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु