गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिन प्रदेश सभा घेराउ

कैलाली ।कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिन प्रदेश सभा घेराउ गरिएको छ । शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज प्रदेश सभा भवन बाहिर नाराबाजी गर्दै घेराउ गरेको हो ।
आज प्रदेश सभा बैठक बस्दै छ । त्यस अघिबाटै प्रदेश सभा भवन बाहिर नाराबाजी गर्दै घेराउ गरिएको हो ।

२०७९ साल माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको हो । हिजो प्रदेश बन्द गरिएको थियो भने आज नाराबाजी र प्रदेश सभा घेराउ गरिएको हो ।


२९ जेठ २०८०, सोमवार १५:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु