सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो

सुनको भाउ बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको छ।

अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ।

सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। चाँदी प्रतितोला १४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार १४१५ रुपैयाँमा बिक्री भएको थियो।


२६ जेठ २०८०, शुक्रवार १२:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु