सरकारी अस्पतालको ओपीडी बिहान ८ देखि बेलुकी ८ बजेसम्म चलाउने घोषणा

सरकारी अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म चलाउने घोषणा गरिएको छ।

शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।

अहिले सरकारी अस्पतालमा उक्त सेवा बिहान १० देखि दिउसो २ बजेसम्म चल्ने गरेको छ। त्यसपछि केही अस्पतालले ईएचएस सेवा दिने गरेका छन्।


५ जेठ २०८०, शुक्रवार १८:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु