गेटा विश्वविद्यालय यसैवर्षदेखि सञ्चालनमा ल्याइने

गेटा विश्वविद्यालयलाई यसै वर्षदेखि सञ्चालनमा ल्याइने भएको छ । सरकारको तर्फबाट आज (शुक्रबार) संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गेटा विश्वविद्यालयलाई यसैवर्षदेखि सञ्चालनमा ल्याइने जानकारी दिए । त्यसका लागि गेटा विश्वविद्यालय सम्बन्धी विधेयक यसै संसद अधिवेशनमा पेश गरिने उनले बताए ।


५ जेठ २०८०, शुक्रवार १८:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु