punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वैशाखमा रिलिज चार चलिचत्र : ‘जारी’ले १५ करोडको व्यापार गर्दा अन्य चलचित्र लाखमै सीमित

Chaupati
safha napa

चलचित्र भवनमा अहिले चार नेपाली चलचित्र प्रदर्शनरत छन्। यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ को व्यापार अन्यको तुलनामा उच्च छ।

चलचित्र विकास बोर्डमा बक्स अफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले रु १५ करोडभन्दा बढीको व्यापार गरेको छ। शुक्रबार र शनिबारको व्यापारसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ।

वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ को शो सङ्ख्या घट्नाका साथै दर्शक पनि घटेका छन्। प्रदर्शनको एक साता पार गर्दा ‘नार्इं नभन्नु ल ६’ ले रु २५ लाख र ‘प्रसाद २’ ले रु ७० लाखको व्यापार गरेका छन्।

यस्तै वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकी स् आई एम ट्वान्टी वान’ ले दुई दिनमा रु। २० लाखको हाराहारीमा व्यापार गरेको छ।

नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य चलचित्र पनि दर्शकको रोजाइमा पर्न नसकेको व्यापारले स्पष्ट पारेको छ। चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले चलचित्र ‘जारी’ को व्यापारलाई पुष्टि गरे।

‘जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको व्यावसायिक अङ्क अझै बढ्ने देखिन्छ। अन्य चलचित्रको व्यापार सार्वजनिक भएका विवरणकै आसपासमा छ’, बोर्डका सदस्य अधिकारीले भने।


२३ वैशाख २०८०, शनिवार १४:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु