punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन

Chaupati
safha napa

काठमाडौं । सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न अधिकार सम्पन्न जाँचबुझ आयोग गठन गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीपी उत्तमराज सुवेदी र महान्यायाधिवक्ता कार्यालयका पूर्व नायव महान्यायाधिवक्ता गणेशबाबु अर्याल रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार समितिलाई तीन महिनाको अवधि दिइएको र ठोस तथा मूर्त रूपमा मिटरब्याजीको समस्या समाधानका लागि तत्काल कार्यान्वयनमा जाने गरी प्रतिवेदन पेश गर्न भनिएको छ ।

गिरीका अनुसार आयोगको मुख्यालय जनकपुरमा राख्ने निर्णय पनि भएको छ । सरकार र मिटर ब्याज पीडितबीच शनिवार ५ बुँदे सहमति भएको थियो ।

जसमा मिटर ब्याज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने पनि थियो । सोही सहमति अनुसार आयोग गठन गरिएको हो ।


२१ चैत २०७९, मंगलवार ०८:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु