punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इन्धनको मूल्य घट्यो, पेट्रोल अब लिटरको १७५ रुपैयाँ

Chaupati
safha napa

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो।

घटेको मूल्य सोमबार राति १२ बजेपछि लागू हुनेछ। यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ, अन्तर्राष्ट्रिय तर्फ प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय भएको छ।

नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ६५ रुपैयाँ।


२० चैत २०७९, सोमवार २०:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु