punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्यधिक धुलो उड्न थालेपछि सुखड भजनीको मुख्य सडक अवरुद्ध

Chaupati
safha napa

कैलालीको घोडाघोडी नगरपालिका १ स्थित सुखड भजनीको मुख्य सडक स्थानीयले सडक अवरुद्ध गरेका छन् । बर्षौ देखी कालोपत्रे नभएको उक्त सडकमा धुलो अत्यधिक उड्न थालेपछि सडक अवरुद्ध गरिएको घोडाघोडी चेम्बर अफ् कमर्शका महासचिव परशुराम सापकोटाले जानकारी दिए ।

यस अघि पनि व्यापारीहरुले उक्त सडक कालोपत्रेको माग गर्दै नगर प्रमुख खडकरावत लगायतलाई ज्ञापन पत्र बुझाएका थिए । तर, त्यसपछि पनि चासो नदिएको उनीहरुको आरोप छ । अहिले सडकमा तीव्र गतिमा टिपरहरू चलाउँदा धुलो अत्यधिक धुलो उडेको र दुर्घटनाको पनि जोखिम बढेको भन्दै सडक अवरुद्ध गरिएको सापकोटाले जानकारी दिए ।

May be an image of 12 people, people walking, people standing, motorcycle, road and street

उनलाई टिपरको गति सीमित गर्ने, नियमित दैनिक २ पटक सम्म उक्त सडकमा पानी हाल्ने नगरपालिकाले प्रतिबद्धता गर्नुपर्ने बताए । त्यो नहुँदा सम्म सडक अवरुद्ध रहने व्यापारीहरूले बताएका छन् ।

सुखडको करिब ५ सय मिटर सडक जीर्ण बन्दै गइरहेको छ । बजारको मुख्य सडकको अवस्था जर्जर बन्दा पनि नगरपालिकाले चासो नदिएको उनीहरुको आरोप छ।


२० चैत २०७९, सोमवार ०८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु