punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्दै

Chaupati
safha napa

पुष्पकमल दाहाल प्रचण्ड को सरकारमा हाल भौतिक योजना तथा पूर्वाधार मन्त्री रहेका नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने भएका छन्।

मन्त्रिपरिषद पुनर्गठन गर्ने क्रममा श्रेष्ठ गृहमन्त्री बन्न लागेका हुन्।

श्रेष्ठ पुस १० गते उपप्रधानमन्त्री एवम् भौतिक मन्त्री बनेका थिए।

नयाँ गठबन्धन बनेपछि भौतिक मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेको छ भने गृह मन्त्रालय माओवादीको भागमा परेको हो।

यसअघि श्रेष्ठ २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा केही दिन मात्र गृहमन्त्री बनेका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले श्रेष्ठलाई गृहमन्त्रीका लागि तयार रहन भनेका छन्।

शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ।


१७ चैत २०७९, शुक्रवार ०६:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु