punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन मिनेटमा १८४ सेल्फी खिचेर अक्षय कुमारले बनाए रेकर्ड

Chaupati
safha napa

बलिउड अभिनेता अक्षय कुमारले तीन मिनेटमा १८४ सेल्फी खिचेर रेकर्ड बनाएका छन्। आउँदै गरेको फिल्म ‘सेल्फी’को प्रचारका लागि उनले तीन मिनेटमा अहिलेसम्मकै धेरै सेल्फी लिने व्यक्तिका रुपमा रेकर्ड बनाएका हुन्।

उनको उक्त रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज भएको छ। जम्प सुटमा देखिएका उनले एउटै स्टेजमा उक्त संख्याका व्यक्तिहरुसँग सेल्फी लिएका हुन्।

उनले उक्त क्षणको तस्बिर र भिडियो सार्वजनिक गर्दै लेखेका छन्, ‘मैले आज जुन उपलब्धि हासिल गरेको छु र म जीवनमा जहाँ छु। यो सबै मेरा प्रशंसकको निस्वार्थ प्रेमका कारण सम्भव भएको हो।’

अक्षय कुमार अभिनित यो फिल्म मलयालम फिल्मको रिमेक हो। उनका साथै इमरान हाशमी र नुसरत भरुचासमेत फिल्ममा अभिनय रहेको छ। फिल्म २४ फेब्रुअरी अर्थात शुक्रबार रिलिज हुँदैछ।


११ फागुन २०७९, बिहीवार १५:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु