punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली जिल्ला अदालतमा अरुण चौधरी (तस्बिरहरू)

Chaupati
safha napa

कैलाली निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने छ। केही घण्टा सम्म अदालतमा राखेर उनलाई बयान नगराई पुन कारागार ल्याइएको हो ।

१९ माघमा बाँकेबाट पक्राउ गरेका कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो ।
२९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो । १० ः२० मा अदालत गरे पनि दिपायलमा तेस्रो नम्बरमा उनको पेसी भएका कारण केही घण्टा राखेर पुन कारागार ल्याइएको हो । उनलाई केही समय पछि पुन अदालत लगिने जनाइएको छ ।

उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने छन् ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


३ फागुन २०७९, बुधवार १४:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु