punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीको ‘कारगेट’ अवरोध गर्न थालेको भन्दै कञ्चनपुरमा नेकपा क्रान्तिकारी र बहुमतका तीन दर्जन कार्यकर्ता पक्राउ

Chaupati
safha napa

कैलाली । जनयुद्ध दिवस मनाउँदै गर्दा कञ्चनपुरबाट नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतका नेता कार्यकर्ता पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले तीन दर्जन नेता कार्यकर्ताहरूलाई आज पक्राउ गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार बाटोमा अवरोध गर्ने गरि कार्यक्रमको तयारी गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

‘उहाँहरूलाई सम्झाइ बुझाइ गर्दा पनि नमानेपछि हामीले बाध्य भएर पक्राउ गरेका हौँ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

पक्राउ पर्नेमा नेकपा बहुमत केन्द्रीय सल्लाकार डम्बरबहादुर विष्ट नेकपा क्रान्तिकारी माओवादीका सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रेम सुवेदी, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरि सुवेदी बहुमतका कञ्चनपुर जिल्ला इन्चार्ज अर्जुन दयाल,बहादुर महरा, बहुमत निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष वीरेन्द्र शाह लगायत ३७ जना रहेको थिए ।

उनीहरूलाई केही घण्टा नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक पन्तले जानकारी दिए ।

 


१ फागुन २०७९, सोमवार १८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु