आजको मौसम : सुदूरपश्चिमको एक दुई स्थानमा वर्षा हुने

देशभर पश्चिमी वायूको सामान्य असर कायमै रहेकाले आज सुदूरपश्चिम र कर्णाली प्रदेशको एक दुई भूभागमा हल्का वर्षा र उच्च पहाडी भूभागमा हल्का हिमपात हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति प्रदेश १, कर्णाली, सदूरपश्चिम प्रदेशका केही भूभागमा सामान्य बदली रहने छ । बाँकी भागमा मौसम सामान्यतः सफा रहने छ ।

सोहीअनुसार भोलि सोमबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा आंशिक बदली रहने विभागको भनाइ छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको केही भागमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

त्यस्तै, मंगलबार पनि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा आंशिक बदली रहने छ । सो दिन पनि ती प्रदेशका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशको उच्च पहाडी भूभागमा हल्का हिमपातको पनि सम्भावना छ ।


१५ माघ २०७९, आइतवार ०७:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु