punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा केरा खेतीबाट मनग्य आम्दानी

Chaupati
safha napa

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिक रूपमा केरा खेती गरेको एघार बर्ष भयो । विसं २०५२ मा समान्यरूपमा केरा खेती गर्दै आएका उनले २०६८ सालपछि तालिम लिएर व्यावसायिक रूप दिएपछि प्राप्त कमाइले कमाइ राम्रै हुँदै आएको बताए ।

हाल आठ बिघा जमिनमा केरा खेती गरिरहेका चौधरीले वार्षिक रु।१६ लाखदेखि रु २० लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए ।

एक कट्ठा जमिनमा केरा खेती गरेका चौधरीले अहिले केराको बेर्नासमेत उत्पादन गर्ने नर्सरी सञ्चालन गरिरहेका छन् ।

आठ बिघा जमिन लिजमा लिएबापत वार्षिक रु। तीन लाख २० हजार भाडा तिर्दै आएका चौधरीले उत्पादित  केरा महेन्द्रनगर, धनगढी र अत्तरियाका थोक व्यापारीले खरिद गर्ने गरेको जानकारी दिए ।

समयमै मल र सिँचाइको व्यवस्था भए प्रतिबिघा जमिनमा वार्षिक रु सात÷आठ लाखसम्मको केरा उत्पादन हुन्छ तर बजार मूल्यमा हुने उतारचढावका कारण किसानहरू समस्यामा पर्ने गरेको उनले जानकारी दिए ।


१३ माघ २०७९, शुक्रवार १३:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु