अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ

 अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ कालिगाडी बस्ने ललितबहादुर कुँवर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

कुँवरलाई एक थान भरुवा बन्दुकसहित विहिबार दिउँसो पक्राउ गरिएको प्रहरी जनाएको छ।
प्रहरी चौकी सिउडीबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको  हो।


१३ माघ २०७९, शुक्रवार ११:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु