punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने : यसपटक आत्मस्वीकारोक्ति सहित आएको छु

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजनीतिकर्मी कहिँ न कहिँ चुकेको आत्मस्वीकारोक्ति सहित काम सुरु गर्ने बताएका छन् ।

‘म यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु, यसपटक इमान्दार स्वीकारोक्तिका साथ सुरु गर्न चाहन्छु कि हामी राजनीतिकर्मी कहिँ न कहिँ चुकेका छौं’ उनले भने ।

राजनीतिकर्मी चुकेकै कारण ५० लाख युवा विदेशमा काम गर्न बाध्य भएका, विकास आयोजनाहरु लथालिंग भएका र विश्वविद्यालयहरु आफ्नो क्यालेन्डर पनि बनाउन नसक्ने गरी भद्रगोल भएका उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो कार्यकालमा अनुभव र टिम नहुँदा राम्रोसँग काम गर्न नसकेको बताए । ‘त्यतिबेला मसँग न अनुभव थियो न टिम । विभाजित मनोदशा र पार्टीभित्रकै सघर्षमा म रुमल्लिएँ, सिक्दासिक्दै भित्र र बाहिरको घेराबन्दीका बीच राजीनामा दिनुपर्ने अवस्था आयो’ उनले भने ।

दोस्रो कार्यकालमा संविधान संशोधनमार्फत मधेशलाई विश्वासमा लिने कोशिस गरेको, स्थानीय तह निर्वाचन गरेको, लोडसेडिङ अन्त्य गरेको र राजनीतिक सहमतिको इमान्दार पालना गर्दै सत्ता हस्तान्तरण गरेको प्रचण्डले बताए ।

उनले आफूले निषेध, अपमान र प्रतिशोधको राजनीति नगरी सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको पनि बताएका छन् ।

अहिलेसम्म मुलुकमा भएका राजनीतिक परिवर्तन वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेरमात्र भएको भन्दै यी दुई शक्तिको बेमेल हुँदा मुलुक अप्ठेरोमा परेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ‘देश अहिले पनि कुनै न कुनै रुपमा संकटमा छ । साना संकटको समयमा नै समाधान नखोजे ठूलो संकट आउँछ ।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रियता, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्धमा राष्ट्रिय सहमतिको विकल्प नभएको भन्दै शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पुर्‍याउन पनि सहमति आवश्यक रहेको बताए ।


२६ पुस २०७९, मंगलवार १३:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु