punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

६ वर्षीय विद्यार्थीले चलाए शिक्षिकामाथि गोली

Chaupati
safha napa

लस ऐन्जेल्स । अमेरिकाको भर्जिनियामा एकजना शिक्षिकालाई ६ वर्षीय विद्यार्थीले गोली हानी घाइते बनाएका छन् । शुक्रबार न्युपोर्ट न्युज सहरस्थित रिकनेक इलेमेन्ट्री स्कुलमा एब्बी ज्वेर्नरमाथि ती विद्यार्थीले ह्यान्ड गनबाट गोली चलाएका थिए ।

गम्भीर हालतमा अस्पताल पुर्‍याइएका उनको स्वास्थ्य स्थितिमा अहिले सुधारको संकेत देखिएको स्थानीय प्रशासनले जनाएको छ ।

मेयर फिलिप जोनेसले भनेका छन्, “ज्वेर्नरको उपचार सकारात्मक दिशातर्फ गइरहेको छ । तर उनको स्थिति अझै गम्भीर नै रहेको छ ।

अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले करिब तीस वर्षिया ज्वेर्नरको तीव्र गतिमा सुस्वास्थ्य लाभ होस् भन्दै कामना गरिरहेका छन् ।

अहिले प्रहरी हिरासतमा राखिएका ती बालककले कसरी ह्यान्ड गन भेटाए भन्ने स्पष्ट हुन सकेको छैन । सरकारी अधिकारीहरूले बताएका छन्, “ करिब पाँच सय पचास जना विद्यार्थी रहेको सो विद्यालयमा मेटल डिटेक्टर सुविधा रहेको छ । कहिलेकाहीँ विद्यार्थीहरूका शरीर जाँच्ने गरिएपनि प्रत्येक बालकलाई भने जाँच्ने गरिएको छैन ।

प्रहरीले गोली हानिनुको कारण बताउन अस्वीकार गरेको छ । तर, प्रहरी प्रमुख आयुक्त स्टिभ ड्रयुले ६ देखि सात वर्ष उमेर समूहका विद्यार्थी रहेको कक्षा एकमा विवाद भएपछि अचानक गोली चलेको र गोली दुर्घटनावश चलेको जस्तो नदेखिएको पत्रकारहरूलाई बताएका छन् । कक्षामा रहेका एक विद्यार्थीका अभिभावक स्टिभ गोन्जालेजका अनुसार आफूलाई गोली लागिसकेपछि पनि उनले चिच्याएर अन्य विद्यार्थीलाई त्यहाँबाट भाग्न आदेश दिएकी थिइन् ।


२५ पुस २०७९, सोमवार ०६:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु