punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेको ३४ समानुपातिक लिस्टमा सुदूरपश्चिमबाट १ जना मात्रै , महिला शून्य

Chaupati
safha napa

नेकपा एमालेले छनोट गरेको ३४ जना मध्ये सुदूरपश्चिम प्रदेशबाट एक जना मात्रै परेका छन् ।

खस आर्यबाट बाजुराका दयाल बहादुर शाही बाहेक अन्य समानुपातिकमा परेनन् । उनलाई पिछडिएको क्षेत्रबाट समेटिएको थियो ।

१२ जना पुरुषहरू छनोट गरिएको थियो त्यसमा शाही समेटिदा २२ जनामा महिलामा सुदूरपश्चिम प्रदेशका कोही पनि परेनन् ।

अघिल्लो पटक २०७४ मा एमालेले ४१ जना समानुपातिक सांसद पाउँदा सुदूरपश्चिम प्रदेशबाट पाँच जना परेका थिए ।

त्यो बेला बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति) , निरुदेवी पाल (खस आर्य ), लक्ष्मीकुमारी चौधरी (थारु ),निरादेवी जैरु (दलित ) र आशाकुमारी विक (दलित ) समानुपातिक तर्फबाट सांसद भएका थिए ।

तर, अहिले एक जना पनि महिला प्रतिनिधि सभामा समानुपातिक तर्फबाट सांसद हुन पाएनन् ।


२४ मंसिर २०७९, शनिवार २०:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु