कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।
वेदकोट नगरपालिका वडा नम्बर १ हात्तीथला बस्ने ६९ वर्षीया हिरादेवी धानुकको हात्तीको आक्रमणमा परेर मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । घाँस दाउरा ल्याउन घर नजिकैको बैजनाथ मध्यवर्ती सामुदायिक वनमा गएका बेला मंगलबार हात्तीको आक्रमणमा परी धानुकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
अबेर साँझसम्म पनि जङ्गलबाट घर नफर्किएपछि खोजी गर्दै जाँदा सामुदायिक वनकै कार्यालय नजिक धानुकको शव फेला परेको परिवार स्रोतलाई उद्धृत गर्दै कञ्चनपुर प्रहरीले जनाएको छ ।
२१ मंसिर २०७९, बुधवार ०६:०१ बजे प्रकाशित































