सुनचाँदीको मूल्य घट्यो
विहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनमा प्रतितोला ४ सय रुपियाँ र चाँदीमा प्रतितोला १० रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार रुपियाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
१ मंसिर २०७९, बिहीवार १२:४६ बजे प्रकाशित































