विश्वकप फुटबल हेर्न पैसा तिर्नुपर्ने
सर्वोच्च अदालतले विश्वकप प्रसारणमा मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै थप शुल्क उठाएर विश्वकप प्रसारण गर्ने बाटो खोलिदिएको हो । योसँगै मिडिया हबलाई प्रशारण शुल्क उठाउन बाटो खुलेको छ।
अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले मिडिया हबले थप शुल्क ५ सय उठाउन लागेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
३० कात्तिक २०७९, बुधवार १६:४४ बजे प्रकाशित































