आजको मौसम कहाँ कस्तो रहला ?
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा आजको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज राति प्रदेश १, बागमती र गण्डकीका साथै कर्णाली प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
१६ कात्तिक २०७९, बुधवार ०८:५५ बजे प्रकाशित












