निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउनुपर्नेमा जोड

यही मङ्सिर ४ गते भइरहेको निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित बनाउनका लागि सबैको भूमिका महत्त्वपूर्ण रहेको बताइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले धनगढीमा आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भइरहेको निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित बनाउनका लागि सरोकारवालाको भूमिका तथा प्रतिबद्धता विषयक अन्तरसंवाद कार्यक्रममा सहभागीहरूले सबैको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले चुनावलाई निष्पक्ष एवं मर्यादित बनाउनका लागि आ आफ्नो भूमिका तथा जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

नेकपा एमालेका रण बहादुर चन्द निर्वाचनका बेला आचारसंहिता उलङ्घनका घटनाको अनुगमन आयोग गर्नुपर्ने बताए । यो सँगै मिडिया तथा सञ्चार माध्यमहरूले पनि आ आफ्नो भूमिका निष्पक्ष भएर गर्नुपर्ने बताए ।
नेपाल लोकतान्त्रिक पार्टीका कैलाली जिल्ला अध्यक्ष माधव चौधरी तडक भडक नगरेर कम खर्चमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
मुख्य निर्वाचन अधिकृत ओमप्रसाद आर्यलाले निर्वाचनमा पारदर्शिता तथा आचारसंहिता सबैले लागु गर्नुपर्ने बताए । निर्वाचन आयोगले तोकेका नियम पालना मात्रै गर्नाले निर्वाचन शान्तिपूर्ण तरीकाले सम्पन्न हुनेमा उनले विश्वास व्यक्त गरे ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले निर्वाचनको समयमा आचारसंहिता उलङ्घन गर्ने जुनसुकै ब्याक्तिलाई पनि कारबाही हुने बताए । अनौपचारिक सेवा केन्द्र सुदूरपश्चिम प्रदेश संयोजक खडक राज जोशीले निर्वाचनका समयमा देखिने समस्यालाई  सुधार गरेर लैजानु पर्ने बताए । ‘शारीरिक अपाङ्गता तथा बृद्धबृद्धाका लागिसजह वातावरण बनाउन जरुरी रहेको छ, उनले भने ।,’ स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको लागि सबैले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

No description available.

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।


१५ कात्तिक २०७९, मंगलवार २३:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु