लागुऔषधसहित कञ्चनपुरमा ३ जना पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर–०६ महाकाली स्कुल अगाडीबाट ३ जनालाई पक्राउ गरेको हो।
सुपप्र०१००१ज१२८२ नम्बरको जीपमा सवार चालक बैतडीको पाटन नगरपालिका वडा नम्बर–६ बस्ने २७ वर्षीय गजेन्द्र चन्द, सोही ठाउँका ३३ वर्षीय रमेशसिंह भण्डारी र ४० वर्षीय प्रकाश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।
उनीहरुको साथबाट ५४.७ ग्राम खैरोहेरोइन फेला पारी पक्राउ गरिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
१३ कात्तिक २०७९, आइतवार ११:४९ बजे प्रकाशित































