punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट आजदेखि

Chaupati
safha napa

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आइतबार शुरु हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आइतबार नै मूलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीचको खेल हुनेछ।

प्रतियोगितामा १० टोलीको सहभागी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश छन्। समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ छन्।

कात्तिक २६ गतेसम्म संचालन हुने प्रतियोगिताका विजेताले १० लाख नगद पुरस्कार पाउने छ। उपविजेताले पाँच लाख रुपैयाँ पाउने छ । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन्। उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा ‘इमर्जिङ प्लेयर’ले १० हजार पाउने क्यानद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ।


१३ कात्तिक २०७९, आइतवार ०८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु