अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी
अभिनेत्री प्रियंका कार्कीको घरबाट नगद र सुनका गरगहना चोरी भएको छ। ललितपुरको भैंसेपाटीस्थत उनको घरबाट लक्ष्मीपूजाको राति चोरी भएको हो।
ललितपुर प्रहरी प्रवक्ता एसपी सूर्यविक्रम शाहीका अनुसार कार्कीले लक्ष्मीपूजाको साँझ खाना खान बाहिर गएका बेला घरबाट नगद ३० हजार र ५/७ तोला सुनका गहना चोरी भएको उजुरी दिएकी छन्।
‘हामीले अनुसन्धान गरिरहेका छौं। घटना राती ९/१० बजेतिर भएको देखिन्छ,’ प्रवक्ता शाहीले भने।
९ कात्तिक २०७९, बुधवार १४:३३ बजे प्रकाशित












