पहिरोका कारण अवरुद्ध भएको ५ महिनापछि खुल्यो साँफे–मार्तडी सडक

नेपालमा मनसुन सुरु नहुँदैको वर्षासँगैको पहिरोले गत जेठदेखि अवरुद्ध भएको बाजुरा सदरमुकाम जोड्ने साँफेबगर–मार्तडी सडक सञ्चालनमा आएको छ। अम्कोट खण्डमा गएको पहिरोका कारण साँफे–मार्तडी सडक ५ महिनादेखि अवरुद्ध थियो। वर्षात् कम भएपछि पहिरो हटाउन सुरु गरिएकोमा करिब ३ साताको नियमित प्रयासपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ।

बाजुराको बुढीगंगा नगरपालिका–१ क्षेत्रमा विगत ४ वर्षदेखि पहिरो, गेग्रान बहान र बाढीका कारण सडक अवरुद्ध हुँदै आएको छ। यसअघि गत वर्षपनि करिब ५ महिना नै उक्त सडक अवरुद्ध भएको थियो। साँफे–मार्तडी सडकखण्ड सञ्चालनमा आएपनि मार्तडी–कोल्टी सडकखण्ड भने सञ्चालनमा आउन सकेको छैन।

 


९ कात्तिक २०७९, बुधवार १४:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु